काठमाडौं, २४, असोज
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि नेपाल प्रहरीले विशेष अनुसन्धान समित बनाएको छ। उक्त समितिमा एसएसपी शेर बहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, डीएसपी अंगुर जीसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य रहेका छन् । यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरिसकेको छ। जसमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया