असोज,२३, काठमाडौं
कांग्रेसका सांसद धनराज गुरुङले आगामी दुई वर्ष भित्रमा नोटमुुद्रालाई विद्युतीय मुद्राको रुपमा पूर्ण प्रतिस्थापन गर्नु पर्ने विषयमा संसदमा छलफल हुनुपर्ने बताएका छन् । व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ८७ बमोजिम देहाय बमोजिमको जरुरी सार्वजनिक महत्वको विषय माथि छलफल गर्न सूचना दिएको सांसद गुरुङद्वारा छलफलको लागि संसदमा दर्ता गरिएको प्रस्तावमा उल्लेख छ ।
विद्युतीय मुद्राको प्रयोग गर्दा प्रत्येक व्यक्तिको आर्थिक कारोबार सिक्का वा नोटमुद्राको सट्टा बैंक कारोबारबाट हुन्छ । प्रत्येक व्यक्तिको तलब, पेन्सन, लाभांश, विदेशबाट पठाएको रकम, ऋण लिएको तथा अन्य आम्दानी बैंक मार्फत विद्युतीय ट्रान्सफर प्राप्त भई बैंक खातामा जम्मा हुन्छ । खर्च गर्नुपर्दा सिक्का वा नोटमुद्राको सट्टा विद्युतीय ट्रान्सफर, क्रेडिट वा डेभिड कार्डको प्रयोग गरिन्छ । जसले गर्दा प्रत्येक व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने हुँदा कुनै किसिमको भ्रष्टाचारजन्य कार्यको नियन्त्रण भई लोककल्याणकारी राज्य स्थापना गर्न सकिन्छ । अतः व्यवस्थापिका संसद्को यो बैठक नेपाल सरकारलाई दुई वर्षको समयावधि भित्र नेपालमा नोटमुद्रालाई विद्युतीय मुद्राले पूर्णरुपमा प्रतिस्थापन गर्न आवश्यक निर्देशन गर्नका लागि यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दछु, प्रस्तावमा भनिएको छ ।
आर्थिक दैनिकबाट































प्रतिक्रिया