असोज,२३, बाँके
जिल्लाको डुडुवा गाउँपालिकाको वडा नं. १, होलियाको वडा कार्यालयमा आइतबार जन्मदर्ता, बिहे दर्ता गराउन आउनेको ठूलो भीड थियो। आखिरमा किन अहिले त्यहाँका मानिसले छोराछोरीको जन्मदर्ता र बिहे दर्ता गराउन रुचि देखाए त ? वडाध्यक्ष पटेश्वर कुर्मी भन्छन्– ‘बाढीपीडितको राहत रकम पाउन नागरिकता, बिहे र जन्मदर्ता अनिवार्य गरिएकाले यस्तो भीड भएको छ।’ उनका अनुशार गत साउन अन्तिममा आएको बाढीका पीडितलाई सरकारले प्रतिव्यक्ति ७० रुपियाँका दरले एक महिना राहत दिने घोषणा गरेको छ । त्यस अनुसार प्रतिव्यक्ति २ हजार १ सय हुन आउँछ। यो रकम दिने मापदण्ड नागरिकता, बिहे र जन्मदर्ता अनिवार्य गरिएपछि यति बेला डुडुवा गाउँपालिकाका सबै वडामा बिहे र जन्मदर्ता गराउनेको भीड लागेको हो।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया