झापा, २३, असोज
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ७६ हजार प्रदान गरेका छन् । "/>

पत्रकार उपचार कोषलाई छयत्तर हजार सहयोग

पत्रकार उपचार कोषलाई छयत्तर हजार सहयोग

केन्द्रबिन्दु
0
Shares

झापा, २३, असोज
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ७६ हजार प्रदान गरेका छन् ।बिर्तामोड नगरपालिका–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त रकम प्रदान गरेका हुन् । व्यवसायी तथा समाजसेवी गिरी कञ्चनजंघा क्रसर उद्योग तथा कञ्चन निर्माण सेवाका सञ्चालक हुन् । उनले पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एवं कोषका संयोजक एकराज गिरी र उपाध्यक्ष भीमा शिवाकोटीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । पत्रकार महासंघले कोषको रकम एक करोड पु¥याई त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ ।      रासस

Logo