असोज,२३,काभ्रे
आगामी २१ मसिंरमा हुने निर्वाचनका लागि काभ्रेका कांग्रेस र एमालेले आकांक्षी उम्मेदवारको सूची केन्द्रमा सिफारिस गरेका छन् । "/>

काभ्रेमा कांग्रेस–एमालेले नाम सिफारिस गरे

काभ्रेमा कांग्रेस–एमालेले नाम सिफारिस गरे

केन्द्रबिन्दु
0
Shares

असोज,२३,काभ्रे
आगामी २१ मसिंरमा हुने निर्वाचनका लागि काभ्रेका कांग्रेस र एमालेले आकांक्षी उम्मेदवारको सूची केन्द्रमा सिफारिस गरेका छन् । एमालेले केन्द्रमा नाम पठाइसकेको छ भने काँग्रेसले पनि नाम सिफारिस गरेको छ । काभ्रे कांग्रेसले १३० आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । उनीहरूमा कतिपय स्थानीयतहको निर्वाचनमा वडाअध्यक्ष र नगरपालिका प्रमुखमा पराजय भएका व्यक्ति समेत छन् । एमाले र कांग्रेसले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरे पनि माओवादी भने विवादमा अल्मलिएको छ । विवाद समाधान गरी उम्मेदवारको नाम सिफारिस गर्न भनेर बोलाइएको भए पनि आइतबार बैठक बस्न सकेन । पार्टी एकतामा आएकाहरूलाई बाइपास गरेको भन्ने असन्तुष्टि चुलिँएपछि माओवादीले टुंगो लगाउन नसकेको स्रोतले बताएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo