असोज,२३, काठमाडौं
विभिन्न वहानामा आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा ४२ वर्षिया देवी कुमारी भुजेललाई प्रहरीले पक्राउ गरेको छ । "/>

५० करोड ठगीको आरोपमा महिला पक्राउ

५० करोड ठगीको आरोपमा महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

असोज,२३, काठमाडौं
विभिन्न वहानामा आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा ४२ वर्षिया देवी कुमारी भुजेललाई प्रहरीले पक्राउ गरेको छ । स्याङजाको फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरा लेखनाथ महानगरपालिका १४ मा बस्दै आएकी भुजेल व्यवसायी आफन्त र चिनजानका ५० जना भन्दा धेरैसँगबाट करिव ५० करोड भन्दा बढी रकम ठगी फरार भएको आरोप लागेको थियो । गत भदौ १४ देखि सम्पर्कमा नआएकी भुजेललाई महानगरिय प्रहरी वृत्त जनसेवा काठमाण्डौको सहयोगमा कास्की प्रहरीले पक्राउ गरेको हो । उनलाई कामनपा २३ मञ्जुश्री स्थित डेरावाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo