काठमाडौँ, २२, असोज
सौर्य ऊर्जा मार्फत विद्युत् उत्पादनका लागि २ सय मेगावाट बराबरका आयोजनाहरूले अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । "/>

२ सय मेगावाट सोलारलाई लाइसेन्स

२ सय मेगावाट सोलारलाई लाइसेन्स

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, असोज
सौर्य ऊर्जा मार्फत विद्युत् उत्पादनका लागि २ सय मेगावाट बराबरका आयोजनाहरूले अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । २०७२ फागुनमा सरकारले १० वर्षभित्र १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य सहित ऊर्जा संकटकाल कार्ययोजनामा ल्याएपछि सोलार मार्फत विद्युत् उत्पादनका लागि लाइसेन्स लिने बढेका हुन् । १० बर्षमा १० हजार मेगावाट मध्ये १० प्रतिशत सोलार र वायु ऊर्जा मार्फत उत्पादन गर्ने उल्लेख छ । सरकारले जलविद्युत सँगै नवीकरणीय ऊर्जाका प्रविधि मार्फत उत्पादित बिजुली उपयोग गरेर ऊर्जा उत्पादन बढाउने लक्ष्य लिएको छ । विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह सरकारले मिश्रित ऊर्जा प्रणालीलाई अंगीकार गरेपछि सोलारको लाइसेन्स लिने बढेको बताउँछन् ।
कारोबारबाट

Logo