झापा, २२, असोज
झापामा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । गत साउन देखि हाल सम्ममा बिर्तामोडका हस्पिटलमा मात्रै डेंगुका ३६ जना बिरामी भर्ना भएका छन् । "/>

झापामा डेंगुको महामारी फैलियो

झापामा डेंगुको महामारी फैलियो

केन्द्रबिन्दु
0
Shares

झापा, २२, असोज
झापामा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । गत साउन देखि हाल सम्ममा बिर्तामोडका हस्पिटलमा मात्रै डेंगुका ३६ जना बिरामी भर्ना भएका छन् । जिल्लामा डेंगुको संक्रमण फैलिइरहेको जनगुनासो बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले शनिबार बिर्तामोडका विभिन्न अस्पतालहरुमा ‘सर्भिलेन्स’ गरेको थियो । त्यसक्रममा साउन महिना यता मेडिका हस्पिटलमा ७ जना, कन्काई हस्पिटलमा ४ जना, बिर्ता सिटी हस्पिटलमा ९ जना, मनमोहन हस्पिटलमा १३ जना र बी एण्ड सी हस्पिटलमा ३ जना बिरामी भर्ना भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Logo