तनहुँ, २२, असोज

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र एकता जरुरी रहेको बताएका छन । "/>

चुनौति सामना गर्न कांग्रेसभित्र एकता अनिवार्य : प्रदीप पौडेल

चुनौति सामना गर्न कांग्रेसभित्र एकता अनिवार्य : प्रदीप पौडेल

केन्द्रबिन्दु
0
Shares

तनहुँ, २२, असोज

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र एकता जरुरी रहेको बताएका छन । तनहुँको थर्पुमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले एकताबद्ध भएर आगामी निर्वाचनमा होमिनुपर्ने बताए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले जसलाई टिकटदिए पनि खुलेर सबैले सहयोग गर्नुपर्ने भन्दै उनले पार्टीले पनि लोकप्रिय र जित्नसक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने धारणा व्यक्त गरे । एकताबद्ध र सुदृढ कांग्रेसले मात्र विद्यमान चुनौति सामना गर्न सक्ने बताएका युवा नेता पौडेलले पार्टीलाई सबै खाले चुनौति पार लगाउन सक्ने सक्षम बनाउन आवश्यक रहेको पनि बताए । पौडेल २ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका एक बलिया उम्मेदवारका रुपमा देखिएका छन् ।

नयाँपत्रिकाबाट

Logo