डोल्पा, २१, असोज
दुर्गम डोल्पा जिल्ला दुई सातादेखि सञ्चारविहीन भएको छ ।
यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । "/>

डोल्पा जिल्ला दुई साता देखि सञ्चारविहीन

डोल्पा जिल्ला दुई साता देखि सञ्चारविहीन

केन्द्रबिन्दु
0
Shares

डोल्पा, २१, असोज
दुर्गम डोल्पा जिल्ला दुई सातादेखि सञ्चारविहीन भएको छ ।
यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । त्रिपुरासुन्दरी नगरपालिका स्थित रसीलेकमा रहेको फोन सेवासहितको रेडियो लिंक टावरमा आवश्यक उपकरण थप्न बाँकी रहेकाले पटक पटक मोबाइल सेवामा समस्या आइरहेको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । झण्डै दुई सातादेखि नमस्ते र स्काईको टावरमा समस्या देखिएकाले डोल्पावासी सञ्चारविहीन भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी प्रकाश पन्थीले बताए । “नमस्तेको मोबाइल सेवा त दुई साता देखि नै ठप्प छ, स्काईको मोबाइल सेवा दुई चार दिनमा एक दिन मात्र आउने गर्छ”, पन्थीले भने ।

भौगोलिक रुपमा विकट डोल्पामा फोन सुविधा विना डोल्पालीको दैनिकी एकदमै कष्टकर बनिरहेकाले यथाशीघ्र मर्मतका लागि डोल्पालीले माग गरेका छन् । प्रजिअ केशवराज आचार्यले भन्छन् , “यहाँका विभिन्न ठाउँमा राखिएका रिपिटर टावरमा समस्या उत्पन्न भएको जानकारी पाएको छु, डोल्पामा भइरहेको सञ्चार असुविधालाई हटाउन यथाशीघ्र काम अगाडि बढाउन निर्देशन समेत दिएको छु । ” सेवा अवरुद्ध भएपछि त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका लगायत स्थानीय तह सम्पर्कविहीन भएका छन् ।
रासस

Logo