काठमाडौँ, २१, असोज
सरकारले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनेको सामूहिक जमानीमा निर्व्याजी ऋण अनिश्चित बनेको छ । नेपाल राष्ट्र बैंकले कार्यविधि कार्यान्वयन गर्न नमानेपछि यस्तो अनिश्चितता देखिएको हो । कार्यविधिका केही प्रावधान अस्पष्ट भएकाले तत्काल कार्यान्वयनमा ल्याउन नसकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका डेपुटी गर्भनरको अध्यक्षतामा बनेको समितिले कार्यविधि अस्पष्ट भएको भन्दै संशोधनका लागि अर्थ मन्त्रालयमा पठाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । अहिलेको प्रावधान अनुसार वाणिज्य बैंकले सामूहिक जमानीमा ऋण दिन नमिल्ने उनले बताए । ‘हामीले बैंकहरुसँग पनि छलफल ग¥यौं, यही कार्यविधि अनुसार सामूहिक जमानीमा ऋण दिन सकिँदैन,’ प्रवक्ता पौडेलले भने, ‘कर्जाको सुरक्षण, धितो लगायत विषय अस्पष्ट भएकोले यसमा सुधार आवश्यक छ ।’
नागरिकबाट





























प्रतिक्रिया