काठमाडौँ, २१, असोज
कहिले के बाहानामा त कहिले के विषयमा उपत्यकाको फोहोर नउठ्नु अब सामान्य जस्तै भएको छ । यसका लागी दीर्घकालिन उपायको खोजी गरिरहेको भएपनि उपलब्धि भएको छैन । "/>

उपत्यकाको फोहोर व्यवस्थापन महानगरलाई सधैंको टाउको दुखाई

उपत्यकाको फोहोर व्यवस्थापन महानगरलाई सधैंको टाउको दुखाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २१, असोज
कहिले के बाहानामा त कहिले के विषयमा उपत्यकाको फोहोर नउठ्नु अब सामान्य जस्तै भएको छ । यसका लागी दीर्घकालिन उपायको खोजी गरिरहेको भएपनि उपलब्धि भएको छैन । यसैविच काठमाडौँ महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकालाई फोहर व्यवस्थापनमा सहयोगका लागि एक÷एक करोड हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाले हिजो आयोजना गरेको स्थानीय विकास रकम हस्तान्तरण कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहमा खर्च गर्नेगरी धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र ककनी गाउँपालिका प्रमुख मानबहादुर लामालाई एक, एक करोड हस्तान्तरण गरेका हुन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले लामो समयदेखि कामपाले बञ्चरे डाँडामा फोहर व्यवस्थापन कार्य शुरु गर्ने भनेपनि तत्काल उक्त कार्य गर्न नसकिने स्पष्ट पारे । कामपाले ओखरपौवामा दुई वर्षका लागि मात्र फोहोर व्यवस्थापन गर्ने सम्झौता गरे पनि १३ वर्ष देखि उक्त स्थानमा फोहर फाल्दै आएको छ, जसका कारण स्थानीय जनता मारमा परेका छन् । ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगार्इंले ओखरपौवाका जनताको स्वास्थ्य र अन्नबालीमा समेत असर पारी कामपाले अव्यवस्थितरुपमा फोहर संकलन गर्दै आएको आरोप लगाउँदै तत्काल विकल्पको बाटो खोज्न आग्रह गरे । कामपाले जुनकुनै हालतमा पनि बञ्चरे डाँडामा नै दीर्घकालीनरुपमा फोहर संकलन गर्ने स्थान बनाउनुपर्ने बजगाईंको माग छ ।
रासस

Logo