पाल्पा, २१, असोज

बाटो माथीबाट पहिरो खसिरहेको छ। चालक हतार हतार गाडी कुदाउँदै छन् । "/>

ट्राफिक पहिरो हेर्दै, चालक गाडी कुदाउँदै

ट्राफिक पहिरो हेर्दै, चालक गाडी कुदाउँदै

केन्द्रबिन्दु
0
Shares

पाल्पा, २१, असोज

बाटो माथीबाट पहिरो खसिरहेको छ। चालक हतार हतार गाडी कुदाउँदै छन् । यात्रुहरु केही समय पायो की जुत्ता चप्पल हात लिएर दौडिरहन्छन् । प्रहरी सिट्टी बजाउँदै दौडिन र रोकिन आदेश दिईरहेको छ। एक हप्तादेखी सिद्धार्थ राजमार्गमा यस्तै गतिविधि चलिरहेको छ । दिउँसो ११ बजे देखी २ बजे सम्म यात्रु र सवारी दुवै रोकिन्छन् । फेरि यही क्रम दोहोरिन्छ।

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान हेडबक्समा पहिरो खसेपछि हजारौं यात्रुहरु सास्ती खेप्न बाध्य छन्। सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहितको पहिरो खसेपछि सवारी साधन सञ्चालन हुन नसकेको हो। पहिरो खस्ने क्रम नरोकिएपछि प्रहरी र सडक डिभिजनको टोली निरन्तर रुपमा बाटोमै खटीदैं आएको छ । दोभान देखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ।
नागरिकबाट

Logo