सिमरा , २१, असोज

श्रृंखलाबद्ध रुपमा बाराको सिमरा लगायत आसपासका क्षेत्रमा लुटपाट र चोरीडकैती गर्दै आएको एक समुहलाई सिमरास्थित ईलाका प्रहरी कार्यालयले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ। "/>

श्रृंखलावद्ध रुपमा लुटपाट गर्ने गिरोह पक्राउ

श्रृंखलावद्ध रुपमा लुटपाट गर्ने गिरोह पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिमरा , २१, असोज

श्रृंखलाबद्ध रुपमा बाराको सिमरा लगायत आसपासका क्षेत्रमा लुटपाट र चोरीडकैती गर्दै आएको एक समुहलाई सिमरास्थित ईलाका प्रहरी कार्यालयले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका भित्रका धनमाल लुटपाट गरी फरार रहदै आएको संगठित गिरोह मध्येका सात जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका ७ का २४ बर्षिय रामजी महतो, जीतपुरसिमरा उपमहानगरपालिका ७ का २६ बर्षिय ममताज खान, १७ बर्षिय ओमप्रकाश शर्मा, सिम्रौनगढ नगरपालिका ६ का ३० बर्षिय नेजामुद्धि अंसारी, चितवनको खैरेनी नगरपालिका ७ का १७ बर्षिय रोशन श्रेष्ठ, बाराको परवानीपुर गाउपालिका ३ का २७ बर्षिय दिलिप साह र २४ बर्षिय कन्हैया साह रहेका छन्। पछिल्लो एक बर्षयता जीतपुरसिमरा उपमहानगरपालिका भित्रका आधा दर्जन भन्दा बढी स्थानियको घरमा भएका लुटपाटका घटनामा उनिहरुको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ।
अन्नपूर्णपोष्टबाट

Logo