कञ्चनपुर, २१, असोज
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कांग्रेस कञ्चनपुरले दुई सय आठ उम्मेदवारको नामावली सिफारिस गरेको छ । बहादुरसिंह थापा पाँच स्थानबाट सिफारिस भएका छन् । उनी गत संविधानसभा चुनावमा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । थापा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं. २ र ३ बाट प्रत्यक्षमा र २ बाट समानुपातिकमा सिफारिस भएका छन् । उनी प्रदेश ४ र ५ बाट समेत प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
स्थानीय तह र निर्वाचन क्षेत्रीय समितिबाट सिफारिस भई आएका नामावली जिल्ला पार्टीले जस्ताको त्यस्तै केन्द्रमा सिफारिस गरेको कञ्चनपुरका सभापति हरि बोहराले बताए । क्षेत्रीय समितिले माग गरे भन्दा बढी आंकाक्षीको नामावली सिफारिस गरेका कारण जिल्लाबाट थप्न घटाउन नमिल्ने भएकाले सबै नाम केन्द्रमा पठाएको उनको भनाइ छ । यस अघि ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी चारै क्षेत्रका सांसदलाई यसपटक पनि सिफारिस गरिएको छ । सांसदहरू क्षेत्र नं. १ बाट दिवानसिंह विष्ट, २ बाट नारायणप्रकाश साउद, ३ बाट बहादुरसिंह थापा र ४ बाट रमेश लेखक सिफारिस भएका हुन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया