काठमाडौँ, २१, असोज
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद फेरबदल नगर्ने बताएका छन् । सत्तारूढ दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग गठबन्धन गरेपछि माओवादीका मन्त्रीलाई हटाउन दबाब भइरहेको समयमा प्रधानमन्त्री देउवाले सरकार फेरबदल नहने स्पष्ट पारेका हुन् । "/>

तत्काल सरकार फेरबदल हुँदैन : प्रधानमन्त्री

तत्काल सरकार फेरबदल हुँदैन : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २१, असोज
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद फेरबदल नगर्ने बताएका छन् । सत्तारूढ दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग गठबन्धन गरेपछि माओवादीका मन्त्रीलाई हटाउन दबाब भइरहेको समयमा प्रधानमन्त्री देउवाले सरकार फेरबदल नहने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले तत्काल माओवादी केन्द्रका मन्त्रीलाई नहटाउने भएका हुन् । मंगलबार माओवादी केन्द्र सहित एमाले र नयाँ शक्ति पार्टीबीच गठबन्धन बनेपछि माओवादीले सरकार छाड्ने हल्ला चले पनि उसले आफ्ना मन्त्री सरकारबाट फिर्ता बोलाएको छैन । चुनाव सम्म यही सरकारलाई निरन्तरता दिने बताउँदै आइरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउँदै आएका छन् । प्रधानमन्त्री देउवाले बुधबार लोकतान्त्रिक गठबन्धन बनाउने प्रस्ताव सहित मधेसवादी दल र राप्रपा लगायत दलसँग सरकारको विषयमा समेत छलफल गरेका थिए । उनी माओवादीले सरकार छाडे पनि बहुमत जुटाउने कसरतमा समेत लागेका छन् । उनले बुधबार सरकारको विकल्पबारे कानुनविद्हरूसँग छलफलसमेत गरेका थिए ।
राजधानीबाट

Logo