रसुवा, २० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँसी–मैलुङ सडकको आज अवलोकन तथा निरीक्षण गरेका छन् ।
राष्ट्रपति भण्डारीले धार्मिक एवं पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान गरी पूजाअर्चनासमेत गरेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले जानकारी दिए । यसैगरी राष्ट्रपति भण्डारीले आजै धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ गणकोसमेत निरीक्षण गरि यहाँको वस्तुस्थितिबारे जानकारी लिएको सचिव पौडेलले बताए ।
सो अवसरमा रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जिल्लाको वस्तुस्थिति र कालीजङ गणका गणपति प्रमुख सेनानी शीतल बानियाँले गणले गरेका जैविक विविधता संरक्षणसम्बन्धी गतिविधिबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएको हो । रासस





























प्रतिक्रिया