दसैंमा उपत्यकामा मात्र एक अर्बका खसीबोका खपत

दसैंमा उपत्यकामा मात्र एक अर्बका खसीबोका खपत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०, असोज
यस वर्षको दसैंमा काठमाडौं उपत्यकामा मात्र करिब एक अर्ब रुपैयाँ बराबरका खसीबोका र च्याङ्ग्रा खपत भएका छन । दसैंमा अधिकांशले माछामासु उपभोग गर्ने भएकाले पनि एक अर्ब रुपैयाँ बराबरको झन्डै ७० हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खपत भएका हुन् ।

माग बढेकाले गतवर्षको तुलनामा २० प्रतिशतले खसीबोकाको खपत बढेको व्यवसायीहरूले बताएका छन् । यो वर्षको दसैंमा उपत्यकामा सरकारी र निजी व्यवसायीले ल्याएका ७० हजार संख्यामा खसीाबोका खपत भएका छन् । व्यवसायीले स्थानीयसँगै भारतबाट खसीबोका ल्याएर घटस्थापनाको दिन देखि उपत्यकामा खसीबोकाको बिक्री खुला गरेका थिए । खसीबोका व्यवसायी दिपक थापाले दसैंमा निजी व्यवसायीले ९१ करोड रुपैयाँ बराबरको ६५ हजार संख्यामा बिक्री गरेको बताए । गत वर्षको तुलनामा २० प्रतिशतले खसीबोका खपत बढेकाले पनि आयात धेरै भएको उनको भनाइ छ । गतवर्ष ५० हजारको संख्यामा खसीबोका खपत भएकोमा यो वर्ष निजी व्यवसायीले मात्र ६५ हजार संख्यामा खसीबोका बिक्री गरेको उनले जानकारी दिए ।
कारोबारबाट

 

Logo