सिन्धुपाल्चोक,२०, असोज
भूकम्प र बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकका अधिकांश जलविद्युत् आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन् । लगातार प्राकृतिक अवरोध भइरहेकाले भोटेकोसी तटीय क्षेत्रका जलविद्युत् आयोजना तंग्रिन नसकेका हुन् । भूकम्पले जिल्लाभर करिब ७२ मेगावाट क्षमताका आयोजनाको उत्पादन बन्द भएको थियो । ती आयोजनाबाट करोडौं रुपैंयाँ बराबरको नोक्सानी भएको थियो । उत्पादन भइरहेका ४५ मेगावाटको भोटेकोसी, १०.५ मेगावाटको सुनकोसी, ६.५ मेगावाटको पुरानो चाकु, ३.५ मेगावाटको भैरवकुण्ड, ३.२ मेगावाटको बराम्ची, ३ मेगावाटको सुनकोसी, १ मेगावाटको माथिल्लो हाँडीखोला लगायतका आयोजनाको उत्पादन बन्द भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
कारोबारबाट





























प्रतिक्रिया