काठमाडौं,२०, असोज
संसदको कार्यकाल सकिन दुई सातामात्र बाँकी रहँदा व्यवस्थापिका संसद्ले विचाराधीन विधेयक पारित प्रक्रियालाई तीव्रता दिने भएको छ । संसदले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्वन्धित विधेयकलाई प्राथमिकतामा राखेको छ । पछिल्ला बैठकमा दश भन्दा बढी विधेयक संसदको दैनिक कार्यसूचीमा समेटिँदै आएका छन् । अधिकांश विधेयक पारित गर्ने कार्यसूचीमा पर्ने गरेका छन् । संसद सचिवालय विधेयक शाखाका अनुसार २९ वटा विधेयक अहिले संसद र समितिमा विचाराधीन छन् । यी अधिकांश विधेयक निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित छन् । संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले निर्वाचन विधेयकलाई प्राथमिकतामा राखेको बताए । गौतमले भने, ‘अब छोटो समय मात्र बाँकी छ । प्रतिनिधिसभाको उम्मेदवार मनोनयन पछि संवैधानिक व्यवस्था अनुसार संसद रहँदैन । हामीले निर्वाचन र संविधान कार्यान्वयनका विधेयक प्राथमिकतामा राखेका छौँ । ’
गोरखापत्रबाट





























प्रतिक्रिया