काठमाडौं,२०, असोज
निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकारणका महानिर्देशकलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टा भित्र आयोगमा उपस्थित भई स्पष्टीकरण दिन आदेश दिएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले मन्त्री देवलाई स्पष्टीकरण पेश गर्न आदेश दिएको हो । आयोगका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई ०७४ असोज ९ गते आयोगको सहमति बिना नै स्वेच्छाचारी र बदनीयत ढंगले पर्यटन मन्त्रालयमा गठन भएको कार्यदलमा कामकाज गर्न जिम्मेवारी तोक्ने निर्णय गरी संजिव गौतमलाई पत्र दिइएको देखिएको छ।
नागरिकबाट





























प्रतिक्रिया