काठमाडौँ, २०,असोज
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ । "/>

बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको नाम टुंगो लाग्यो

बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको नाम टुंगो लाग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २०,असोज
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा बुधबार काँग्रेस सहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका थिए ।

आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक) बाट विक्रम पाण्डे रहनुभएको काँग्रेस नेता डा. रिजालले बताए । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहका छन् । कार्यदलको बैठक शुक्रबार बिहान ८ः०० बजे बस्ने नेता डा. रिजालले जानकारी दिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टी बीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
रासस

Logo