काठमाडौं,२०, असोज
निर्वाचन आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई जिल्ला छोडन निर्देशन दिएको छ । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन प्युठान पुगेका पोखरेललाई आयोगले त्यस्तो निर्देशन दिएको हो । पोखरेललाई तत्काल प्युठान जिल्ला छोडन प्रमुख जिल्ला अधिकारीलाई आयोगले आदेश दिएको हो ।
आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी प्युठानका प्रमुख जिल्ला अधिकारीलाई बिहिबार लेखेको पत्रमा भनिएको छ ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले असोज १० गते देखि प्युठान जिल्लाका बिभिन्न स्थानहरुमा नेपाली काँग्रेसका कार्यकर्ताहरुसँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भइ निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निज प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई तुरुन्त प्युठान जिल्ला छाडने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया