सप्तरीको राजविराज नगरपालिका–११ मा करेन्ट लागेर बुधबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–११ झल्ही बस्ने विनोद यादवकी १२ वर्षीया छोरी बबिता कुमारी रहेको प्रहरीले जनाएको छ । बबितालाई आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।
रासस





























प्रतिक्रिया