काठमाडौँ, १९, असोज
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन् । "/>

प्राधिकरण प्रमुख डा. पोखरेल चुनावी मैदानमा !

प्राधिकरण प्रमुख डा. पोखरेल चुनावी मैदानमा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९, असोज
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस जिल्ला कार्यालय प्युठानले डा. पोखरेलको नाम सर्वसम्मत निर्णयबाट सिफारिस गरेको हो । डा. पोखरेलले आफू प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट उम्मेदवार सिफारिस भएको बताए । उनले भने, ‘म अहिले जन्मथलोमा छु । मेरो नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएको थाहा पाएँ । मेरा लागि यो खुसीको विषय हो ।

चुनावमा सहभागी हुने कि प्राधिकरणकै सिइओ भएर रहने विषय पार्टी सभापतिको निर्णयमा भर पर्छ । मलाई प्राधिकरणको सिइओ पनि पार्टी सभापतिले नै नियुक्त गरेका हुन् । अव चुनाव लड्न जानुपर्यो भन्ने आदेश आए चुनावमै जान्छु ।’ डा. पोखरेल गत माघमा प्राधिकरणको सिइओमा नियुक्त भएका हुन् । यसअघि उनी कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए ।
नयाँपत्रिकाबाट

Logo