काठमाडौँ, १९, असोज
प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानून व्यवसायीसँग आवश्यक परामर्श गरेका छन् । "/>

प्रधानमन्त्री देउवाद्वारा कानून व्यवसायीसँग छलफल

प्रधानमन्त्री देउवाद्वारा कानून व्यवसायीसँग छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९, असोज
प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानून व्यवसायीसँग आवश्यक परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन र एकताको पहल गरेपछि सरकारको अवस्थाका बारेमा कानून व्यवसायीसँग परामर्श लिएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवाले सरकार माथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाका बारेमा जिज्ञासा राखेका वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिए । वरिष्ठ कानून व्यवसायीहरुले वर्तमान अवस्थामा निर्वाचन सम्म सरकार माथि अविस्वासको प्रस्ताव आउँदा नआउँदा कुनै फरक नपर्ने संवैधानिक र कानूनी व्यवस्थाका बारेमा अवगत गराएका थिए । नेपाली काँग्रेस नेतृत्वको सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले मंगलबार प्रमुख विपक्षी दल नेकपा (एमाले) सँग चुनावी गठबन्धन र पार्टी एकताको पहल थालेपछि प्रधानमन्त्री देउवाले सो छलफल गरेका हुन् । बैठकमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सूर्य ढुंगेल, प्रेमबहादुर खड्का लगायत एक दर्जन वरिष्ठ कानून व्यवसायी सहभागी थिए ।

रासस

Logo