पाल्पा, १० असोज
रामपुर नगरपालिका–१० मनभागा क्षेत्रका स्थानीयवासीलाई एक गाग्री पानी लिन दैनिक चार घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । "/>

एकगाग्री पानी लिन अझैपनि दैनिक चार घण्टा पैदल

एकगाग्री पानी लिन अझैपनि दैनिक चार घण्टा पैदल

केन्द्रबिन्दु
0
Shares

पाल्पा, १० असोज
रामपुर नगरपालिका–१० मनभागा क्षेत्रका स्थानीयवासीलाई एक गाग्री पानी लिन दैनिक चार घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । यहाँका स्थानियवासीले वर्षौं देखि यो समस्या भोग्दै आएपनि समस्याले भने अझ सम्म पार पाउन सकेको छैन ।

गाउँदेखि तल रहेको किर्लोखोलाबाट गाग्रीमा पानी बोकेर माथि गाउँमा लैजान निकै समस्या छ । उनीहरुलाई पिउने पानी मात्र होइन लुगा धुने, नुहाउने, गाईभैँसीलाई खुवाउने पानीका लागि पनि किर्लोखोलामै धाउनुपर्छ । गाउँ नजिकै पानीको मुहान नहुँदा स्थानीयवासीले पानीका लागि निकै कष्टकर जीवन बिताउँदै आएका छन् । झण्डै ५० घरधुरी रहेको मनभागा क्षेत्रमा मगर समुदायको बढी बाहुल्य रहेको छ । पानी बोकेर रातदिन जीवन गुजारा गर्न निकै समस्या परेको स्थानीयवासी अमिता सिंजाली बताउँछिन् । “एक गाग्री पानी लिएर घर आउँदा बिहानको समय बित्छ, अन्यत्र काम गर्नै भ्याइँदैन” उनले भनिन् ।
रासस

Logo