लमजुङ, १०, असोज

जिल्लाका उच्च ग्रामीण क्षेत्रका बासिन्दा अहिले जंगली च्याउ खोज्न व्यस्त भएका छन् । "/>

दशैं खर्च जुटाउन जंगली च्याऊ खोज्दै ग्रामीण क्षेत्रका बासिन्दाहरु

दशैं खर्च जुटाउन जंगली च्याऊ खोज्दै ग्रामीण क्षेत्रका बासिन्दाहरु

केन्द्रबिन्दु
0
Shares

लमजुङ, १०, असोज

जिल्लाका उच्च ग्रामीण क्षेत्रका बासिन्दा अहिले जंगली च्याउ खोज्न व्यस्त भएका छन् । दशैँ खर्च जुटाउन र मासु नखानेका लागि राम्रो तरकारी हुने भन्दै च्याउ खोज्न उनीहरू जंगल पसेका हुन् । च्याउ टिप्न स्थानीय बासिन्दा भेडीगोठ, धर्मशाला तथा ओडारमा बास बस्ने गर्छन् । दुई दिन सम्म जंगलमै बास बसेर च्याउ खोज्नुपर्ने सिउरुङकी मिश्रीमाया घलेले बताउनुभयो ।

जंगलमा पाइने च्याउ स्वादिलो र पोषिलो हुने हुँदा देश विदेशबाट यसको माग हुने गरेको सिउरुङका स्थानीय उमरबहादुर गुरुङले बताए । सुकेको च्याउलाई कोसेलीका रूपमा पनि देशविदेश पठाउने उनको भनाइ छ । जंगलमा पाइने च्याउबाट राम्रो आम्दानी समेत हुने गरेको छ । कतिपयले च्याउ बेचेर नै दशैँ खर्चको जोहो गर्ने गर्छन् । सक्नेहरुले दुई दिनमै दुई हजार देखि १० हजार सम्म आम्दानी गर्न सकिने भुलभुलेका कमलबहादुर खत्रीले बताए । उच्च लेकाली क्षेत्रमा भदौ अन्तिम साता देखि कात्तिक पहिलो साता सम्म च्याउ पाइन्छ । लेकबाट ल्याएको च्याउ घरमा ल्याई केलाउने तथा घाममा सुकाएर सुकुटी बनाउने गरिन्छ । लेकको जंगलमा भाँचिएका रूखका ठुटोमा च्याउ उम्रिएको हुन्छ । खाने च्याउ गाउँलेले चिनेका हुन्छन् । लमजुङको खुदी, भुलभुले, उस्ता, बाहुनडाँडा, घेर्मु, ताघ्रिङ, पसगाउँ, घनपोखरा लगायतका उच्च लेकाली क्षेत्रमा च्याउ पाइन्छ ।
रासस

Logo