असोज,१० ,धनगढी

दसैंका लागि मुग्लानबाट घर फर्किरहेका नेपाली माथि यसपालि पनि सीमा क्षेत्रमा रकम असुली र दुव्र्यवहार हुन थालेको छ । "/>

सीमामा लुटिन्छन् दसैं मनाउन भारतबाट फर्कनेहरू

सीमामा लुटिन्छन् दसैं मनाउन भारतबाट फर्कनेहरू

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,धनगढी

दसैंका लागि मुग्लानबाट घर फर्किरहेका नेपाली माथि यसपालि पनि सीमा क्षेत्रमा रकम असुली र दुव्र्यवहार हुन थालेको छ । भारतमा रोजगारी गर्दै आएका नेपाली दसैं मनाउन घर फर्किने क्रम सुरु भएसँगै सीमा क्षेत्रमा भारतीय भन्सारकर्मी, भारतीय वन कर्मचारी र नेपाल प्रहरीले समेत रकम असुली सुरु गरेका हुन् ।

दसैं मनाउन घर फर्किरहेका नेपालीबाट भारतीय सीमा अधिकारीहरूले रकम असुली गरिरहेको भारतको राजधानी दिल्लीबाट दसैंका लागि घर फर्किरहेका बाजुरा ब्रह्मतोलाका गोरखबहादुर थापाले बताए । मैले गौरीफन्टा नाकामा बसबाट झरेपछि नेपाल प्रहरीको बिट पार गर्दा सम्म पाँच सय रुपैयाँ भारु तिरें, उनले भने । भारतको रोडवेज बसबाट झर्ने बित्तिकै नेपाली र भारतीय रिक्सा चालकहरूले ५० मिटर सम्म रिक्सामा सामान र मान्छे ओसारेको पाँच सय लिने गरेका छन् । उनीहरूले भारतीय सुरक्षाकर्मीसँग मिलेर रकम असुल गर्ने थापाले बताए ।
अन्नपूर्णपोष्टबाट

Logo