असोज,१० ,काठमाडौं
तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदमा संघीय समाजवादी फोरम नेपालले कांग्रेससंगको मतान्तर फराकिलो बनाउदै लगेको छ। "/>

के हुँदैछ वीरगन्ज महानगरपालिकामा ?

के हुँदैछ वीरगन्ज महानगरपालिकामा ?

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदमा संघीय समाजवादी फोरम नेपालले कांग्रेससंगको मतान्तर फराकिलो बनाउदै लगेको छ। वीरगन्जमा ८४ हजार चार सय ६४ मत खसेकोमा सोमबार दिउसो ३ बजे सम्म ६३१४४ मत गन्दा मेयरमा फोरम नेपाल नेपाली कांग्रेस भन्दा ११२३ मतले अगाडि छ । मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले १४६७७ मतका साथ अग्रता लिइरहेका छन्। वीरगन्ज महानगरपालिकाको दोश्रो स्थानमा रहेका काँग्रेसका मेयर उम्मेदवार अजय द्विवेदीले १३५५४ मत पाएका छन्।

यस्तै उपेयरमा भने नेपाली काँग्रेसले नै अग्रता कायम राखेको छ । उपमेयरमा काँग्रेसकी शान्ति कार्की १५६६५ मतका साथ अगाडि छिन् । यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव १३९९१ मतका साथ दोश्रो स्थानमा र नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य ८३१४ मतका साथ तेश्रो स्थानमा छिन्।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo