खोटाङ,९, असोज
दशैंका लागि घर लिपपोत गर्ने कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा १५ वर्षे बालकको मृत्यु भएको छ। घर पोत्नका लागि कमेरो खन्नेक्रममा ढिस्कोले पुरिएर आईतबार सुनकोशी गाउँपालिका–४ का नविन राईको मृत्यु भएको हो। सुनकोशी गाउँपालिका–३ स्थित देउकी पाखामा कमेरो खन्नेक्रममा उनलाई ढिस्कोले पुरेको हो। ढिस्कोले पुर्दा बालक राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घट्नाका विषयमा प्रहरीचौकी हर्कपुरबाट गएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ। दशैंमा यस्ता घटनाहरु दोहोरिने गरेकाले सजग रहन प्रहरीको अनुरोध छ ।
नागरिकबाट





























प्रतिक्रिया