काठमाडौं,९, असोज
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा उभिने निर्णय गरेको छ । मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न संवैधानिक राष्ट्रप्रमुख र जनताबाट निर्वाचित कार्यकारी प्रमुखको शासकीय प्रणाली अपनाउनु पर्ने राप्रपाको निष्कर्ष छ । राष्ट्रप्रमुखका रूपमा आलंकारिक संवैधानिक राजसंस्था कायम गरी कार्यकारी प्रमुखका रूपमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपाको प्रस्ताव छ । केन्द्रीय कार्य सम्पादन समिति बैठकले संविधान जारी भए पनि मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधानमा उल्लिखित शासकीय स्वरूपको कमजोरी सच्याउनु पर्ने प्रस्ताव अघि सारेको हो ।
राजधानीबाट





























प्रतिक्रिया