कैलाली ,८, असोज

 बजार अनुगमनका क्रममा टीकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक माथि टीकापुरका व्यवसायीहरुले आक्रमण गरेका छन् । "/>

अनुगमन गर्न कैलाली पुगेका राज्यमन्त्रीमाथि व्यवसायीको आक्रमण

अनुगमन गर्न कैलाली पुगेका राज्यमन्त्रीमाथि व्यवसायीको आक्रमण

केन्द्रबिन्दु
0
Shares

कैलाली ,८, असोज

 बजार अनुगमनका क्रममा टीकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक माथि टीकापुरका व्यवसायीहरुले आक्रमण गरेका छन् । शनिबार टीकापुर बजार अनुगमन गर्ने क्रममा अनुगमनको विरोध गर्दै व्यवसायीहरुले आक्रमण गरेका हुन् । व्यवसायीहरुको आक्रमणबाट राज्यमन्त्री चढेको गाडीको सिसा फुटेको छ भने गाडीमा लगाएको झण्डा पनि व्यवसायीहरुले च्यातचुत पारेका छन् । बजारमा आक्रमणको प्रयास भएपछि प्रहरीले राज्यमन्त्री बिकलाई सिद्धार्थ होटेलमा पुर्याएको थियो । होटेलमै पुगेका व्यवसायीहरुले राज्यमन्त्री चढेको बा १ झ ९६९९ गाडीको सिसा फुटाई दिएका छन् । राज्यमन्त्रीको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्तालाई ठगेको भन्दै एकै ठाउँमा रहेका बलायर किराना पसल र अमृत गौतम किराना पसलमा शील गर्न लागेपछि व्यापारी आक्रमणमा उत्रिएका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

अनुगमन टोलीमाथि आक्रमणको नेतृत्व गरेको अभियोगमा प्रहरीले टिकापुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासविच रामबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको थियो तर उनीहरुलाई केहीबेरपछि छाडिएको छ ।
नयाँपत्रिकाबाट

Logo