वीरगन्ज ,८, असोज
तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपाल, नेपाली कांग्रेसलाइ उछिन्दै अग्रता लिन सफल भएको छ। "/>

वीरगन्जमा संघीय समाजवादी फोरम नेपालले काँग्रेसलाई उछिन्यो

वीरगन्जमा संघीय समाजवादी फोरम नेपालले काँग्रेसलाई उछिन्यो

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ,८, असोज
तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपाल, नेपाली कांग्रेसलाइ उछिन्दै अग्रता लिन सफल भएको छ। मतगणना शुरु भएको मंगलवार देखि नै मेयरमा अग्रता लिइरहेको काँग्रेसलार्इ शनिवार साँझ साढे ६ बजे देखि भने मेयरमा फोरम नेपालले अग्रता लिएको छ।
शनिवार साँझ साढे ६ बजे सम्म ३८५१३ मत गनि सक्दा मेयरमा फोरम नेपालका विजय सरावगी काँग्रेसका अजय द्धिवेदी भन्दा ७२ मतले अगाडि भएका छन् । सरावगीले ८४१० मत प्राप्त गरेका छन् भने द्धिवेदीले ८३३८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहको भने ६१४३ मत छ। नेकपा एमालेका बसरुद्धिन अन्सारी ४१३५ मतका साथ चौथो स्थानमा छन्। नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ४०३४ मतका साथ पाचौं स्थानमा छन्। नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ३२०८ मतका साथ छैठौं स्थानमा छन् ।
अन्नपूर्णपोष्टबाट

Logo