नुवाकोट, ७ असोज । "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

श्रमिकको पारिश्रमिक १४ प्रतिशतले वृद्धि

श्रमिकको पारिश्रमिक १४ प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
७ आश्विन २०७४, शनिबार
0
Shares

नुवाकोट, ७ असोज । नुवाकोटमा कार्यरत श्रमिकको पारिश्रमिक १४ प्रतिशतले वृद्धि भएको छ । 

निर्माण सामग्री ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर निर्धारण समितिले श्रमिकको श्रेणी विभाजन गरी यसअघि कायम पारिश्रमिक शुल्कमा १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । समितिले दैनिक पारिश्रमिक लिएर काम गर्ने सबैको शुल्क १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेअनुसार नयाँ शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । 

समितिको निर्णयानुसार दक्ष कामदारको प्रति आठ घण्टाको पारिश्रमिक रु एक हजार ८० निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए । “यसअघि पाउँदै आएका रु एक हजार कम भएको महसुस गरी वृद्धि गरिएको छ,” प्रजिअ बरालले भने, “बढ्दो बजार महँगी, कामदारको अभाव र श्रमिकको उचित पारिश्रमिकको पक्षमा समर्थन गर्दै शुल्क वृद्धिको निर्णय गरिएको हो ।” 

निर्माण पक्षसँग सम्बन्धित अन्य श्रेणीका दक्ष कामदारको पारिश्रमिक वृद्धि गरी प्रतिआठ घण्टाको रु ८५० निर्धारण गरिएको छ । दक्ष कामदारका रुपमा वर्गीकरण गरिएको ज्यामी, डकर्मी, सिकर्मी, अपरेटरलगायतका श्रमिकको पारिश्रमिक यसअघि रु ८१५ रहेको थियो । समितिले अर्धदक्ष कामदारको प्रतिआठ घण्टाको रु ६६० निर्धारण गरेको छ । अर्धदक्ष कामदारलाई रु ६०० र हलुका श्रेणीमा सूचीकृत ज्यालादारी श्रमिकको ज्यालादर रु ४६० निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बरालले जानकारी दिए । 

समितिले सडकमा काम गर्ने ‘लेन्थ वर्कर’को ज्यालादर रु ४३० निर्माण सुपरभाइजरको रु ५३०, लाइट सवारी चालकको रु ६०० र सहयोगी कार्यकर्ताको रु ४९५ निर्धारण गरिएको छ । 

समितिले निर्माण सामग्रीको मूल्य दर भने अहिले कायम रहेको शुल्क यथावत् रहने निर्णय गरेको छ । समितिको निर्णयले निर्माण सामग्री खरिद, सामानको ढुवानी, फलाम तथा काठको पोल, भू–संरक्षणसम्बन्धी काम, बोटबिरुवा, काठ–दाउरा, इँटालगायतको मूल्य यथावत् गरिएको छ । रासस

 

प्रतिक्रिया

भर्खर

किन भइरहेको छ एक्स्ट्रिम इनर्जी ड्रिंक्सको विरोध ?

मलेसियामा गुन्जियो नेपथ्य

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

बजेटप्रति उद्योग संगठन मोरङको धारणा सार्वजनिक, यस्ता छन् सुझावहरु

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu