महोत्तरी, असोज, ७
महोत्तरीको बर्दिबास नरपालिकामा मेयर र उपमेयर दुवै पदमा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् । १४ वडा रहेको बर्दिबास नरपालिकाको ७ र ८ वडाको मात्रै मत गणना गर्न बाँकी रहँदा माओवादीका मेयर उम्मेदवार कांग्र्रेसका उम्मेदवारसँग ६१३ मतले अग्रता कायम गरेका छन् । त्यसैगरी उपमेयरमा माओवादी उम्मेदवार १३५५ मतले अगाडी देखिएकी छिन् । शनिबार मध्यान्ह १२ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भइसक्ने निर्वाचन अधिकृत मनिराम न्यौपानेले बताए । यस्तो छ बर्दिबासको मेयर र उपमेयरको पछिल्लो मतपरिणाम :
माओवादी केन्द्र : ८२५१, ७९०६
नेपाली काँग्रेस : ७६३८, ६५४७
एमाले :४३४१, ५७०७
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया