काठमाडौं, असोज, ७
नेकपा (एमाले) को हिजो देखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राष्ट्रिय राजनीति र आगामी चुनावी योजना सम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ । "/>

एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको चुनावी योजना प्रस्तुत

एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको चुनावी योजना प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, असोज, ७
नेकपा (एमाले) को हिजो देखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राष्ट्रिय राजनीति र आगामी चुनावी योजना सम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ ।

जसमा सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको छ। सो प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बैठकमा छलफल हुने पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नो पार्टीको दबाबकै कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित मितिमै स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न हुनुपर्ने अडान व्यक्त गरिएको छ । योजनामा आगामी निर्वाचनमा सबै तहमा एमालेलाई पहिलो र बहुमत सहितको शक्ति बनाउन केन्द्रित हुनुपर्ने उल्लेख छ । सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा हिजो बसेको बैठकले निर्वाचनमा आचारसंहिता उल्लंघन तथा सत्ताको दुरुपयोग रोक्न र भय र आशंकाको वातावरण अन्त्य गरी निर्वाचन गराउन ओलीले माग गरे । उनले आफ्नो पार्टीविरुद्ध विभिन्न प्रचार गरिए पनि प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सम्पन्न भएको र परिणाम साह्रै कमजोर नभएको दाबी गरेका छन् ।
रासस

Logo