बुद्ध लामा भए पहिलो नेपाल आइडल

बुद्ध लामा भए पहिलो नेपाल आइडल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ असोज ।

कतारमा आज साँझ सम्पन्न नेपाल आइडलको ग्राण्ड फिनालेवाट बुद्ध लामा  पहिलो नेपाल आइडल घोषित भएका छन् ।

एसएमएस र एप भोटिङको आधारमा ग्राण्ड फिनालेमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामा विच आज अन्तिम भोटिङ प्रतिस्पर्धा भएको थियो । नेपालका विभिन्न शहरहरुमा ६ महिना अघि देखि अडिसन भएर नेपाल आइडल शुरु भएको थियो । जसवाट विभिन्न चरण पार गराउदैं टप १८ मा नयाँ प्रतिभाका गायकहरुलाई प्रस्तुत गरिएको थियो । संगीतकार न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले प्रारम्भिक चरण देखि गायक गायिकाहरुको छनोट गर्दै ल्याएका थिए । एसएमएस भोटिङ चरणमा नेपाल आइडलको प्रतिस्पर्धा चलेपछि निर्णायकहरु भन्दा दर्शकको भोटिङले महत्वपूर्ण भुमिका खेलेको थियो ।

आज हुने नेपाल आईडलको ग्राण्ड फिनालेमा टप टेनमा पुगेका सबै प्रतिष्पर्धी र नेपाली कलाकारहरुले प्रस्तुति दिएका छन् । नेपालवाट गएका कलाकार र प्रतियोगीलाई दोहाको कर्निसमा रहेको पाँचतारे बेष्ट होटलमा उच्च सुरक्षाका साथ राखिएको थियो ।

क्यानडामा रहेको ईभेन्ट म्यानेजमेन्टले ब्यवस्थापन हेरेको यो कार्यक्रम एपिवान टेलिभिजनले नेपाली समय अनुसार शुक्रवार साँझ पौने ९ बजे देखि प्रत्यक्ष प्रसारण गरेको थियोे । नेपाल आईडलको उपाधि जित्नेलाई २० लाख रुपैंया नगद पुरस्कार, महिन्द्राको केयुभी र १५ लाख बराबरको भिडियो र एल्बमको कन्ट्रयाक पाउने घोषणा यसअघि नै गरिएको थियो । यसैगरी दोस्रो हुनेले १५ लाख रुपैंया र तेस्रो हुनेले १० लाख रुपैंया पाएका छन् ।

कतारवाट तिलु शर्मा पौडेलको सहयोगमा

Skip This
Skip This
Logo