काठमाडौं, ६, असोज
महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले हिजो जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । "/>

नागढुंगाबाट २८ वटा मरेका खसीबोका बरामद

नागढुंगाबाट २८ वटा मरेका खसीबोका बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६, असोज
महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले हिजो जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोका सहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो । प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै गरेकोमा २८ वटा मरेको फेला पारेको जानकारी दिए ।

दशैँ शुरु भएसँगै पशुपक्षी विकास मन्त्रालयले समेत अनुगमन बढाएको छ । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवर सहितको टोलीले हिजो कलंकीस्थित खसीबजारको निरीक्षण गरे । खसीबोका अवलोकनपछि मन्त्री थारुले स्वस्थ र अस्वस्थ खशिको वर्गीकरण गरी दशैँ, तिहार तथा छठपर्वमा बिक्री वितरण गर्न बिक्रेतालाई निर्देशन दिएका थिए । पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा बिक्री वितरण गरे प्रतिखसीबोका ५०० देखि ५००० जरिवाना गर्ने व्यवस्था छ ।
रासस

Logo