बाजुरा, ६, असोज
जिल्लाको उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पु¥याएइकी सिद्धा विवाहिता भने हैनन् । उनकै गाउँकै श्रीचन्द्र रोकाया आफूबाट गर्भ रहेको थाहा पाएपछि भारत गएको मृतकका भाइ प्रशामले बताएका छन् ।
विकले भने, “यहाँ शल्यक्रिया हुँदैन , चिकित्सकले भनेपछि छाँगाबाट खसेजस्तै भयौँ । जहाज आउला भनेर रातभर देउता सम्झियौँ तर जहाज नआएपछि दिदीको ज्यान गयो ।” कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विजयकुमार शाहका अनुसार मृतकको पाठेघरको मुखमा ट्युमर भएको थियो । त्यहाँ आकस्मिक प्रसूति सेवा थिएन । शल्यक्रिया गर्न पनि सकिँदैन थियो । केन्द्रसँग भएको भिडियो एक्सरे पनि पूर्ण रुपमा बिग्रिएको थियो । जिल्लामा आकस्मिक प्रसूति केन्द्र सदरमुकाम मार्तडीमा मात्र छ । सदरमुकाम मार्तडीबाट कोल्टी दुई दिनको पैदल दूरीमा पर्छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवाका लागि पटक पटक माग गर्दा समेत स्थापना हुन सकेको छैन । डा. शाहले आफुहरुले आकस्मिक प्रसूति गराउने तालिम समेत नपाएका कारण कठिन भएको बताए ।
रासस































प्रतिक्रिया