केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, ५ असोज । बिहिबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । बिहिबार दिउँसो १ बजे ४ मिनेटमा ४.६ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्र बिन्दु दोलखाको रोशी नजिक रहेको केन्द्रले जानकारी दिएको छ । यो भूकम्प नयाँ भूकम्प नभई ७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।





























प्रतिक्रिया