वीरगन्ज, ५ ,असोज
वीरगन्ज महानगरपालिकाको मतपरिणाम निकै सुस्त गतिमा आइरहेको छ । ६ ठाउँमा मतगणना भइरहे तापनि मतपरिणाम निकै सुस्त गतिमा आइरहेको हो । साढे २० घन्टामा ६ टोलीले ४५ सय मात्र मतगणना सकेको छ । निर्वाचन आयोगले पाँच दिनमा मतपरिणाम दिने भने पनि यही गतिमा महानगरको मतगणना हुन कम्तीमा १६ दिन लाग्ने देखिन्छ । ३२ वडा रहेको महानगरमा रहेका एक लाख आठ हजार पाँच सय एक मतदाता मध्ये ८४ हजार चार सय ६४ मत खसको छ । महानगरपालिकाको मेयरका लागि ३५ जना र उपमेयरमा १० जनाको उम्मेदवारी परेको थियो ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया