काठमाडौं, ५ ,असोज
चिलिमे जलविद्युत् कम्पनीले ५ सय ८५ मेगावाटका दुई जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्र पाएको छ । कम्पनीले पाँच जलविद्युत् आयोजनाका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले करिब ७५ अर्ब रुपैयाँको लागतमा बन्न लागेका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी–३ को सर्भे लाइसेन्स दिएको छ । चिलिमे कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठले ऊर्जा मन्त्रालयले दुई जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स दिएको पुष्टि गरे । उनका अनुसार सहायक कम्पनी निर्माण गरेर निर्माण गरिने आयोजनामा चिमिलेको ३० देखि ४० प्रतिशत सम्म इक्वीटी (सेयर) पुँजी लगानी हुनेछ । यसको आधारमा दुई आयोजनामा मात्र चिलिमेले ८ अर्ब भन्दा बढी लगानी गर्नेछ ।
कारोबारबाट





























प्रतिक्रिया