काठमाडौं,असोज, ४
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या तीन हजार एक सय ७३ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त विकास बैंक बाहेक वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेत गरी कुल ९६ वटाको उक्त अनुपातमा शाखा संख्या पुर्याएका हुन् । "/>

बैंक तथा फाइनान्स कम्पनीहरुको शाखा ३१ सय नाघ्यो

बैंक तथा फाइनान्स कम्पनीहरुको शाखा ३१ सय नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,असोज, ४
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या तीन हजार एक सय ७३ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त विकास बैंक बाहेक वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेत गरी कुल ९६ वटाको उक्त अनुपातमा शाखा संख्या पुर्याएका हुन् ।

सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुको कुल संख्या ०७४ को असार मसान्त सम्म दुई हजार दुई सय ७४ पुगेको छ । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ४० वटा विकास बैंकहरु सञ्चालनमा रहेका छन् । ती विकास बैंकहरुको कुल शाखा संख्या भने सात सय ६९ वटा पुगेको छ । सञ्चालनमा रहेका २८ वटा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने ०७४ को असार मसान्त सम्म एक सय ३० वटा पुगेका छन् । राष्ट्र बैंकले मर्जर तथा प्राप्ति सम्बन्धी विनियमावली कार्यान्वयनमा ल्याएपछि धेरै वटा बैंक तथा फाइनान्स कम्पनीहरु एकआपसमा गाभिएका छन् । सोही क्रममा एक ठाउँमा परेका धेरै वटा बैंकमा शाखाहरु समेत गाभिएका छन् । यसले गर्दा पनि पछिल्लो समय बैंक तथा फाइनान्स शाखाको वृद्धि विगतका तुलनामा घट्न गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
आर्थिक दैनिकबाट

Logo