पाल्पा, ४ असोज
नेपालको ‘ताजमहल’ भनेर चिनिने पाल्पाको रानीमहल जाने बाटोमा रिसोर्टहरु सञ्चालनमा ल्याउन थालिएका छन् । "/>

पाल्पाको रानीमहल नजिकै रिसोर्ट सञ्चालनमा

पाल्पाको रानीमहल नजिकै रिसोर्ट सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

पाल्पा, ४ असोज
नेपालको ‘ताजमहल’ भनेर चिनिने पाल्पाको रानीमहल जाने बाटोमा रिसोर्टहरु सञ्चालनमा ल्याउन थालिएका छन् । रानीमहल पुग्नुभन्दा चार किलोमिटर अगाडि बगनासकाली गाउँपालिका–८, गाईघाटमा डिउ क्याम्पिङ्ग रिसोर्ट सञ्चालनमा आएपछि रानीमहल आवत जावत गर्ने पर्यटकलाई सहज हुन थालेको छ । रिसोर्टमा खाना, नास्ता तथा बासको समेत व्यवस्था रहेको सञ्चालक बसन्त कुँवरले बताए ।

तानसेन देखि १३ किलोमिटर उत्तरमा रानीमहल रहेको छ । कालीगण्डकी नदी विश्वमै वीरलै बहने उत्तरबाहिनी नदीका रुपमा रहेकाले पनि पर्यटकको धेरै आवत जावत हुने भएपछि त्यस क्षेत्रमा सुविधा सम्पन्न होटलको अभाव रहेको थियो । सञ्चारकर्मी समेत रहेका बसन्त कुँवरको ५० लाख लगानीमा १२ रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको हो । रानीमहल क्षेत्रमा सुविधा सम्पन्न होटलको अभावमा रानीमहल पुगेपनि तानसेन नै बास बस्न आउनुपर्ने बाध्यता रहेको थियो । हराभरा तथा सुन्दर क्षेत्रमा रहेको रिसोर्टमा स्थानीय जातका धानको भात, कोदो, फापर, मकै, दूध, घ्यू, लोकल कुखुरा, खसी बोका, माछाको परिकार प्रमुख विशेषता रहेको छ । रिसोर्टमा सुविधा सम्पन्न स्थानीय मोडलमा भान्साघर, काउन्टर, आवासका लागि दुई वटा कुँडुले घर, मिनि स्वीमिङ पुल, तरकारी बाली र प्रशस्त पिकनिकस्थल समेत रहेको सञ्चालक कुँवरले जानकारी दिए ।
रासस

Logo