बर्दिया,असोज, ४
गाउँघरमा काँचो केरालाई प्राकृतिक रूपले पकाउने गरिन्छ तर व्यावसायिक क्षेत्रमा भने केरा पकाउन विभिन्न रासायनिक पदार्थको प्रयोग गरिन्छ । रासायनिक पदार्थ प्रयोग गरी पकाइएको केरा स्वास्थ्यको लागि राम्रो मानिँदैन । तर अब काँचो केरा पकाउन ‘राइपनिङ च्याम्बर’को स्थापना भएको छ । बर्दियामा केरा पकाउने राइपनिङ च्याम्बर स्थापना गरिएको हो । केरा खेतीमा कृषकको आकर्षण बढेसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केरा ब्लक सञ्चालक समिति गुलरियाले विद्युतीय केरा पकाउने च्याम्बरको स्थापना गरेको हो । च्याम्बर स्थापनाले गुणस्तरीय केरा उत्पादनका साथै दिगो बजार व्यवस्थापन तथा भण्डारणमा सहज हुने बताइएको छ । ४ सय क्रेट क्षमताका तीनवटा राइपनिङ च्याम्बरमा राखेर केरा पकाउन मिल्छ ।
कारोबारबाट





























प्रतिक्रिया