काठमाडौंँ, असोज , ४
समाजकल्याण परिषद्ले ‘शान्ति र समृद्धि सबैको चाहना, समाज सेवामा निःस्वार्थ भावना’ भन्ने नाराका साथ असोज ६ गते ‘सामाजिक सेवा दिवस’ मनाउने भएको छ । सो दिन आयोजना हुने समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । २०३४ साल असोज ६ गते स्थापना भएको परिषद्को यो ३८ औँ दिवस हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री एवं परिषद्का अध्यक्ष आशा कोइरालाले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सामाजिक सेवालाई राष्ट्रिय जीवनको अभिन्न पक्ष बनाउन यो दिवसको अवसरमा प्रयास गरिने बताइन् । समाजसेवी तुल्सीमेहर श्रेष्ठको स्मृतिमा स्थापित तुल्सीमेहर समाजसेवा पुरस्कारको सोही दिन वितरण गरिने भएको छ ।
समाजको सर्वाङ्गीण विकासका लागि सामाजिक सेवा महत्वपूर्ण पक्ष भएकाले परिषद्ले गैरसरकारी सङ्घसंस्था तथा संस्थाबाट सञ्चालित कार्यक्रमहरूको सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कनसँंगै सहजीकरण गर्दै आएको कार्यक्रममा जानकारी दिइएको थियो ।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूका लागि एकद्वार नीति लागू गरेपछि परिषदमा आबद्ध भई मुलुकमा सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरूको सङ्ख्या ४६ हजार १८८ पुगेको छ । ती मध्ये दुई हजार ६५१ वटाले मात्र नवीकरण गरेका छन् ।
गोरखापत्रबाट





























प्रतिक्रिया