काठमाडौँ, ४, असोज
नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँ बराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक ८ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ । नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन् । यस मध्ये झन्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार वटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएको तथ्यांक छ । खसीबोका आयातको ९८ प्रतिशत हिस्सा भारतको छ ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया