रौतहट, असोज ४
रौतहटका चर्चामा रहेका तीनवटा नगरपालिका चन्द्रपुर, गौर र गरुडामा कांग्रेस, एमाले, माओवादी र राजपा बीच प्रतिस्पर्धा देखिएको छ । "/>

रौतहटमा मुख्य ४ दलको कडा प्रतिस्पर्धा

रौतहटमा मुख्य ४ दलको कडा प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

रौतहट, असोज ४
रौतहटका चर्चामा रहेका तीनवटा नगरपालिका चन्द्रपुर, गौर र गरुडामा कांग्रेस, एमाले, माओवादी र राजपा बीच प्रतिस्पर्धा देखिएको छ । मंगलबार साँझ सम्ममा चन्द्रपुरमा मेयरका उम्मेदवार माओवादी केन्द्रका युवराज भट्टराई १३३५, एमालेका उद्धव रेग्मी १२८० र कांग्रेसका रामचन्द्र चौधरीले १४३५ पाएका छन्। जिल्लाको मध्य भागमा रहेको गरुडा नगरमा एमालेका मो करिम्उलाहले ३२५, कांग्रेसका सुनिल यादवले १८०, माओवादीका बिपिन जयसवालले ८८, संघीय समाजवादी फोरमका इन्दुराय यादवले ९३ र राजपाका रामचन्द्र गुप्ताले ३९ मत पाएका छन् ।

यस्तै सदरमुकाम गौरको १ र २ नम्बर वडाको गणना भइरहेको छ पछिल्लो परीणाम अनुसार राजपा नेपालका मेयरका उम्मेदवार अजय गुप्ताले ५१८, एमालेका शम्भु साहले ७३२ , संघिय समाजवादी फोरम का गौरीशंकर यादवले ५९ मत प्राप्त गरेका छन । रौतहटमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिकाको मतगणना जारी छ । रौतहटको इसनाथ नगरपालिका १ मा नेपाली कांग्रेसका बिगु साह बनियाँ र बृन्दाबन नगरपालिका १ मा शेष नाजिर हुसैन विजयी भएका छन । यस्तै बृन्दाबन नगरपालिका ९ मा कांग्रेसका शेष हुशैन परोहा नगरपालिका २ मा माओवादी केन्द्रका एजाजुर रहमान, सोही नगरपालिका १ का कांग्रेसका मो समिउल्लाह, देवाहीगोनाही नगरपालिका १ मा संघिय समाजबादी फोरमका शेष नुरुल्लाह वडा अध्यक्ष पदमा विजयी भएका छन् ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo