बारा,३, असोज
वाराका १६ स्थानीय तह मध्ये तीन तहको मतगणना सुरु भएको छ । दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँ पालिका रहेको वाराको तीन तहको बिहान साढे पाँच बजेबाट मतगणना सुरु भएको छ । "/>

वारा जिल्लाका तीन तहमा मतगणना सुरु

वारा जिल्लाका तीन तहमा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

बारा,३, असोज
वाराका १६ स्थानीय तह मध्ये तीन तहको मतगणना सुरु भएको छ । दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँ पालिका रहेको वाराको तीन तहको बिहान साढे पाँच बजेबाट मतगणना सुरु भएको छ । जितपुर सिमरा उपमहानगर, सिम्रौनगढ नगरपालिका,फेटा गाउँपालिकामा सुरु भएको छ । राति अबेर सम्म मतपेटिका संकलन गर्ने कार्य सकिए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएका कारण बिहानबाट मात्रै मतगणना सुरु भएको हो, जितपुर सिमरामा रातभरी बैठक बसेर ५ बजे मात्रै सहमति भई साढे पाँच बजे देखि मतगणना सुरु गरिएको वाराका प्रजिअ विजय नारायण मानन्धर बताए । अन्य स्थानको पनि सर्वदलीय बैठक बसी मतगणना सुरु गर्ने तयारी भइरहेको प्रजिअ मानन्धरले जानकारी दिए । वारा जिल्लामा कूल ३,३४,७४६ मतदाता रहेकोमा ७५ प्रतिशत मत खसेको छ ।
अन्नपूर्णपोष्टबाट

Logo